प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि कास्कीबाट १६ खेलाडी छनोट,साँग्रिलालाई उपाधि

हिमाली आवाज । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि कास्की जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ ।

गत मङ्सिर २३ देखी २९ सम्म पोखरा रङ्गशालामा आयोजना गरिएको क्लबस्तरीय छनोट प्रतियोगिताबाट दुई वैकल्पिक सहित १६ खेलाडी छनोट गरिएको क्रिकेट सङ्घका जिल्ला अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

छनोट भएका खेलाडीहरुमा विपिन खत्री(कप्तान), दिपेश खत्री,अभिषेक थापा, साहिल कार्की,अरुण अधिकारी,सुदीप पौडेल,अर्जुन कुमाल,कृष्ण पौडेल, अमृत गुरुङ, विश्व कार्की,रमेश बस्नेत(विकेट कीपर ),सुवास भण्डारी, नितेश गिरी र देव साह हुनुहुन्छ ।

यसैगरी वैकल्पिक खेलाडीमा विकास क्षेत्री र तेजेन्द्र घर्तीमगर तथा टोली प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक चन्द्रकुमार गुरुङ हुनुहुन्छ ।
सङ्घका अध्यक्ष सिग्देलका अनुसार छनोट भएका खेलाडीहरु आगामी पुस ३ देखी शुरु हुने प्रादेशिक छनोट प्रतियोगिताका लागि पुस १ गतेदेखि पोखरा रङ्गशालास्तिथ क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । प्रदेश छनोटमा कास्की सहित नवलपुर, तनहुँ र स्याङजाको टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

चार जिल्लाका खेलाडीहरुबीचको प्रतिस्पर्धाबाट गण्डकी प्रदेशस्तरीय टोली छनोट गरी पुस ११ देखी सञ्चालन हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेशको टोलीले प्रतिष्पर्धा गर्ने कास्की जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।
साँग्रिला क्लबस्तरीय क्रिकेटको च्याम्पियन
साँग्रिला क्रिकेट क्लब जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिताको विजेता बनेको छ । सोमबार पोखरा रङ्गशालामा भएको प्रतियोगितामा साँग्रिलाले माछापुच्छ«े क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको हो ।

टस जितेर व्याटिङ रोजेको साँग्रिला क्रिकेट क्लबले ३५ दशमलव एक ओभर खेल्दै १४९ रन बनाएको थियो । जीतका लागि १५० रनको लक्ष्य पछ्याएको माछापुच्छ«ले १२१ रन मात्र बनाउन सफल भएको थियो ।

प्रतियोगितामा साँग्रिला क्रिकेट क्लब, माछापुच्छ«े क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र राईजिङ्ग पोखरा क्रिकेट क्लब सहित छ टोलीले सहभागीता जनाएका थिए ।

Comments
Loading...