भुर्जुङखोलाका मीनबहादुर लागूऔषध सहित पक्राउ

हिमाली आवाज । प्रहरीले लागूऔषध सहित पोखराबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ ६ः३० बजेको समयमा माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोला घर भई हाल पोखरा–१९ बस्ने ३५ वर्षीय मीनबहादुर तामाङलाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तामाङको साथबाट लागूऔषध डाईजापाम ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल, फेनेरागन ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल फेला पारी पक्राउ गरेर अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी निरीक्षक कृष्ण बस्यालले जानकारी दिनुभयो ।

तामाङलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments
Loading...