कास्कीको विरेठाँटीबाट मुक्तिनाथ जोड्ने विश्वकै लामो केबलकारको डिपिआर तयार

काठमाडौं । विश्वकै सबैभन्दा लामो केवलकार परियोजनाको रुपमा प्रस्ताव गरिएको मुक्तिनाथ केबलकारको डीपीआर तयार भएको छ ।
कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८०.६ किलोमिटर लामो केवलकार निर्माणका लागि विकासकर्ता कम्पनी मुक्तिनाथ दर्शन प्रा.लि. ले विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार गरेको हो ।

यो केवलकार वीरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथ पुग्नेछ । यो केबलकार विश्वकै सबैभन्दा लामो केवलकार हुनेछ । अहिले विश्वमा सर्वाधिक लामो केवलकार भियतनाममा छ । यसको लम्बाई ७ दशमलव ९९ किलोमिटर छ । यो परियोजना निर्माण भएमा त्योभन्दा १० गुणा लामो केवलकार बन्नेछ ।

प्रारम्भिक सम्भाव्यता अध्ययनको क्रममा उक्त परियोजनाको लम्बाई ८३.६५ किलोमिटर हुने अनुमान गरिएकोमा यस्तो लम्बाई करिब ३ किलोमिटर घटेको हो ।

Comments
Loading...