‘वल्र्ड पावर लिफ्टिङ’मा नेपाललाई स्वर्ण दिलाउने खेलाडी पोखरामा सम्मानित

हिमाली आवाज । नेपाल पावर लिफ्टिङ एशोसिएशनले भारतमा सम्पन्न ‘२१ औँ वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा स्वर्ण पदक विजेता खेलाडीलाई आज पोखरामा सम्मान गरेको छ ।

वल्र्ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशन इन्डियाको आयोजनामा भारतको अमरावतीमा गत डिसेम्बर ४ देखि ७ सम्म भएको प्रतियोगितामा  स्वर्ण विजेता नेपाली खेलाडीलाई नगर परिक्रमा गराउँदै रङ्गशालामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

पदकधारी खेलाडी हसन गुरुङ, आशिस आलेमगर,रजत पदक विजेता राजेश सुवाल र नेपाली टोलीका  प्रशिक्षक जीवन गिरीलाई राष्ट्रिय खेलकूद परिषद्(राखेप)का सदस्य राजेशकुमार गुरुङ, एशोसिएसनका अध्यक्ष सुन्दर भुसाल लगायतले प्रशंसापत्रबाट सम्मान गर्नुभएको हो ।

प्रतियोगितामा नेपालका पाँच खेलाडीले सहभागीता जनाएकामा नेपालले तीन स्वर्ण र एक रजत पदक जित्न सफल भएको थियो । सुर्खेतका श्रृति कार्कीले पनि स्वर्ण पदक जित्न सफल हुनुभएको थियो ।

राखेप सदस्य गुरुङले पावर लिफ्टिङ खेल विकास तथा खेलाडी सम्मानका लागि परिषद् तथा प्रदेश सरकारसँग आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पदक विजेता खेलाडी गुरुङले पहिलो अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्दा खुःशीको सीमा नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“प्रतियोगिताका लागि हामीले एक वर्षअघिदेखी तयारी गरेका थियौँ, सकेको मिहिनेत गर्ने र पदक जित्ने लक्ष्य थियो । कोरोनाका बेला प्रतियोगिताका लागि घर छाडेर हिँडेपनि स्वर्ण पदक जितेर फर्किदा अत्यन्त खुःशी लागेको छ ।”

नेपाली टोलीका प्रशिक्षक समेत रहनुभएका दक्षिण एशियाली पावर लिफ्िटङ फेडेरेशनका उपाध्यक्ष गिरीले प्रतिकूल अवस्थामा पनि विश्वका ११ देशले सहभागीता जनाएको प्रतियोगितामा खेलेर पदक जितेर देशको नाम राख्न पाउँदा खुःशी लागेको बताउँदै यस खेलमा नेपाली खेलाडीको भविष्य सुन्दर रहेको बताउनुभयो ।

उहाँले आसन्न नवौँ राष्ट्रिय खेलकूल लगायतका प्रतियोगिताहरुमा पावर लिफ्टिङलाई खेललाई समेत समावेश गर्न माग गर्नुभयो । एशोसिएसनका अध्यक्ष सुन्दर भुषालले आगामी आगामी दिनमा प्रदेशस्तरबाट खेलाडी छनोट गरी पावर लिफ्िटङको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो ।

Comments
Loading...