टीकापुर घटनामा संलग्न लक्ष्मण थारुलाई जन्मकैदको सजाय

काठमाडौँ । कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको सजाय सुनाइएको छ ।

साथै ज्यान मार्ने उद्योगमा ५ वर्षकैद पनि सुनाइएको छ । यसअघि जिल्ला अदालत कैलालीको फैसलाअनुसार ३ वर्ष कैद भुक्तानी गरिसकेका उनलाई बिहीबार उच्च अदालतले भने अघिल्लो फैसला उल्ट्याउँदै जन्मकैद हुने ठहर गरेको हो ।

उच्च अदालत दीपालयले टीकापुर घटनाका मुख्य आरोपी भनिएका जसपाका सांसद रेशमलाल चौधरीको हकमा भने यसअघि जन्मकैद हुनेगरी सुनाएको फैसलालाई नै सदर गरेको छ ।

health

बिहीबार अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले चौधरीलाई जन्मकैदका साथै ज्यान मार्ने उद्योगमा समेत ५ वर्ष कैद सुनाइएको हो ।

जन्मकैदसँगै ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय हुने जिल्ला अदालतको फैसला सदर हुनेमा हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी समेत रहेका छन् ।

यसैगरी अर्का प्रतिवादी संगम भन्ने सन्तोष चौधरी, दील बहादुर चौधरीविरुद्धको मुद्धामा यसअघिको फैसला नमिलेको भन्दै केही उल्टिएको छ । उनीहरुलाई जनही १० वर्ष कैद सजाय हुने ठहर गरिएको छ ।

टिप्पणिहरु
Loading...