पोखरामा एक  फरार प्रतिवादी पक्राउ

हिमाली आवाज । कास्की प्रहरीले पोखराबाट आज एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

धादिङ जिल्ला अदालतको फैसला अनुसार लागु औषध गाँजा मुद्दामा १ वर्ष ६ महिना कैद र रु.१५ हजार  जरिवाना तोकिएका फरार प्रतिवादी पोखरा महानगरपालिका वडा नं १ बगर धोबीगौंडा बस्ने २५ वर्षीय  विराज रजकलाई निजकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको हो ।

Comments
Loading...