पोखरेली युवा साँस्कृतिक परिवारको अध्यक्षमा मोती भुजेल निर्वाचित

हिमाली आवाज । पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा मोती भुजेल निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको आज सम्पन्न ४० औँ साधारणसभाले भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

परिवारको उपाध्यक्षमा उपेन्द्र पौडेल,सचिव डा.चैतन्य अधिकारी,कोषाध्यक्ष अर्जुन अधिकारी र सहसचिव शिव त्रिपाठी हुनुहुन्छ । यसैगरी सदस्यहरुमा प्रकाश पोखरेली,सुदर्शन पौडेल , दीपेन्द्र थापा अरुण, लिलि अधिकारी र तिर्थ गुरुङ हुनुहुन्छ ।साहित्य संयोजकमा रिता अधिकारी,संगीत संयोजकमा एम डि काफ्ले र कला संयोजकमा हेमकान्ती गुरुङ चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष भुजेलले संस्थाको गरीमालाई जोगाउन आफ्नो कार्यकालमा सबैको साथ र सहयोगले पुराना कार्यक्रमलाई निरन्तरता सँगै केही नयाँ योजना ल्याउने प्रतिबद्घता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रुमुख अतिथि प्ररम्परागत सिल्पकला बिभाग प्रमुख प्रज्ञा परिषद सदस्य नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान सदस्य बुद्धि गुरुङ्गले पो.यु.सा.प.ले खुला आकाश खुला अभिव्यक्ति (२०३७),ग्रामीण चित्रकला यात्रा २०४२ सालमा गोरखाको मनकामना मन्दिरबाट शुरु गरेको स्मणर गर्नुभयो ।
कवि एवंम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले ४३ वर्ष सम्म अनवरत चलेको उदारणमा पोखरेली युवा साँस्कृतिक परिवार पहिलो संस्था भएको बताउँदै गण्डकी सहित्य महोत्सव, अम्बर गुरुङ्ग संगीत पुरस्कार स्थापना गर्न सहकार्य खाँचो औल्याउनुभयो ।

कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ,प्रकाश घिमिरे,सरस्वती प्रतिक्षा,उपेन्द्र पौडेल,प्रकाश ज्ञवाली,जीवन सागर भण्डारी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका निर्वतमान अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुन अधिकारीले सचिवको र मोती भुजेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

 

Comments
Loading...