माछापुच्छ्रेको पृष्ठभूमिमा सराङकोटमा लिटरेचर फेस्टिभलको निरन्तरता

हिमाली आवाज । पोखरामा आगामी पुस १४ र १५ गते नवौँ संस्करणको नेपाल साहित्य महोत्सव(लिटरेचर फेस्टिभल)आयोजना हुने भएको छ ।

यसअघि फेवाताल किनारमा आयोजना गरिदै आएको महोत्सव यस पटक पर्यटकीय गन्तव्य सराङकोटमा माछापुच्छ«े हिमालको पृष्ठभूमिमा अर्चुअल रुपमा आयोजना गरिने आयोजक संस्था बुकवर्म फाउण्डेशनले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कोभिड कहरका कारण लामो समयसम्म आफूहरू साहित्य महोत्सव आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेपनि भर्चुअल रूपमा भए पनि निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि महोत्सवको तयारीमा जुटेको महोत्सवका निर्देशक अजित बरालले बताउनुभयो ।

पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा गजलकार प्रदीप रोदनसँग पत्रकार अमृत सुवेदीको ‘मेहफिल’ कार्यक्रम हुने आयोजकले जनाएको छ ।यस संस्करणमा १६ सेसन सञ्चालन हुने र साहित्यकार, लेखक, पत्रकार, कलाकार लगायत ४० जना भन्दा बढी विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् ।

सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति नरहने र सबै सत्रको सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण निर्देशक बरालले जानकारी दिनुभयो ।

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले भौतिक रुपमा दर्शक एवम् श्रोताको उपस्थितिमा फेस्टिभल आयोजना गर्ने धोको रहेपनि कोभिडको बढ्दो सङ्क्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकाले सम्भव नभएको बताउनुभयो ।

महोत्सवको सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले महोत्सव चलाइरहेको उर्जालार्ई विषम् अवस्थामा पनि निरन्तरता दिइएको बताउँदै साहित्यका माध्यमबाट पोखरालाई चिनाउने प्रयास रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“पोखरा माछापुच्छ«ेले चिनिन्छ,फेवातालले चिनिन्छ । अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।” माछापुच्छ«े हिमाललाई पृष्ठभूमिमा पारेर आयोजना हुने महोत्सवबाट स्वदेश तथा विदेशमा पोखराको थप प्रवद्र्धन हुने विश्वास आयोजकको छ ।

आयोजक संस्थाका सदस्य अनी कर्माले महोत्सवमा हुने साहित्यिक जमघटका कारण हालको समयमा पोखरेली युवाहरूमा पठन संस्कृति विकास गर्न सफल भएको बताउनुभयो । सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको छ ।

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको भनाई छ ।

यस प्रकारको सामाजिक बहस र विमर्शले सर्जक र पदासीन व्यक्तित्वलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पु¥याएको बताइन्छ ।

दुई वर्षदेखि महोत्सवलाई व्यावसायिक ग्रुप आइएमईले प्रायोजन गरेसँगै महोत्सवको नाम (आईएमई नेपाल लिटरेचर फेस्टिभल) रहन गएको हो ।

Comments
Loading...