सयपत्री सहकारीको अध्यक्षमा रवीन्द्र बास्तोला निर्वाचित

हिमाली आवाज । सयपत्री बचत तथा ऋण सहकारी संस्थामा रवीन्द्रनाथ बास्तोला अध्यक्षमा निर्वाचित हुनुभएको छ । सहकारीको ११ औं साधारण सभाले रिक्त अध्यक्ष पदमा निर्वाचन गराएको हो ।

संस्थाका अध्यक्ष विश्वराज बास्तोलाले दिएको राजिनामा स्वीकृत भएपछि पुस ३ गते सम्पन्न साधारण सभाले शितलादेवी पार्टी प्यालेसमा शनिबार निर्वाचनको कार्य तालिका बनाएको संस्थाका सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

सहकारीका सेयर सदस्य देवेन्द्रकिश्वर बास्तोला र रवीन्द्रनाथ बास्तोलाबीच भएको निर्वाचनमा रवीन्द्रनाथ बास्तोलाले ३ सय ८९ मत प्राप्त गर्दा देवेन्द्र बास्तोलाले जम्मा ५८ मत प्राप्त गर्नुभयो ।

जम्मा ४ सय ५७ मत खसेकोमा १० मत बदर भएको निर्वाचन समितिका संयोजक अधिवक्ता रोहितराज बास्तोलाले जानकारी दिनुभयो । । रोहितराज बास्तोलाको संयोजकत्वमा गठित निर्वाचन समितिमा शिवकुमार अधिकारी र गुरुप्रसाद बास्तोला सदस्य हुनुहुन्थ्यो ।

नव निर्वाचित अध्यक्ष बास्तोलाले प्रजातान्त्रिक पद्धतिलाई पालना गर्दै निर्वाचनमा भाग लिने सेयर सदस्यलाई धन्यवाद निुभयो ।
उहाँले सहकारीमा सेयर सदस्यको हितमा हुने हरेक निर्णय गर्न आफू तयार रहेको बताउँदै सयपत्री सहकारीको गरिमा र उचाईलाई थप टेवा दिने बताउनुभयो ।

संस्थापक अध्यक्षसमेत रहनुभएका बास्तालले आर्थिक पारदर्शितासँगै सामाजिक उत्तर दायित्वलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Comments
Loading...