ओलीले संविधानको धज्जी उडाए, सबैतिरबाट प्रतिबाद गरौँ : भट्टराई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविपरित राष्ट्रपतिसमक्ष संसद् विघटनको प्रस्ताव गरेको जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताउनुभएको छ ।

एक भिडियो सन्देश जारी गर्दै भट्टराईले भनेका भन्नुभएको छ ‘ यसले संविधानसभाबाट हामीले ल्याएको सुधारिएको प्रणालीको धज्जी उडाएको छ । यो लोकतन्त्रको मर्म विपरित छ, संविधानको प्रावधान विपरित छ । नेकपाको दुई तिहाईको बहुमतको सरकार नजिक बन्दा पनि जुन ढंगको गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ, यो लोकतन्त्रको हितमा छैन ।’

नेता भट्टराईले सबैतिरबाट ओलीको यस कदमको प्रतिवाद गर्न आह्वान गर्नुभएको छ ।

Comments
Loading...