प्रधानमन्त्री ओलीको कदमपछि सातजना मन्त्रीद्धारा सामूहिक राजीनामा

हिमाली आवाज । प्रधानमन्त्री केपी शर्र्मा ओलीले आज संसद विगठन गर्ने गैरसंवैधानिक कार्य गरेको भन्दै मन्त्रिपरिषद्का सात सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेल,उर्जामन्त्री वर्षमान पुन,पर्यटनमन्त्री योगेश भट्टराई,कृषिमन्त्री घनश्याम भुसाल,वनमन्त्री शक्तिबहादुर बस्नेत, खानेपानीमन्त्री विना मगर र श्रम तथा रोजगारमन्त्री रामेश्वयर राय यादवले पत्रकार सम्मेलन आयोजना गरी राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

Comments
Loading...