संसद विघटनको प्रतिवादका लागि रणनीति बनाउन काँग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौँ । काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न चार बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

बैठकमा ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुने काँग्रेस बताइएको छ । आइतबार दिउँसो बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट संसद् विघटनको निर्णय लिएको भन्दै सडकमा जाने निर्णय गरेको थियो ।

यता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट पक्ष, काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका थिए ।

आइतबार नेकपाको पहलमा तीन दलका नेताहरुको काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो ।

Comments
Loading...