संसद विगठनको समर्थनमा ओली पक्षबाट पोखरामा कोणसभा,प्रचण्ड र माधवलाई चेतावनी

हिमाली आवाज । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगठन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको भोलिपल्ट पोखरामा ओली समर्थक नेकपा नेता कार्यकर्ताले कोणसभा गरी ओलीको कदमको समर्र्थन गरेका छन् ।

पोखरास्थित मानवअधिकार चोकमा भेला भएर उनीहरुले सरकारलाई काम गर्ने वातावरण नभएकाले संसद विगठन गर्नु प्रधानमन्त्री ओलीको बाध्यता रहेको बताएका थिए ।

कोणसभालाई सम्वोधन गर्दै साविक युवा संघका केन्द्रीय उपाध्यक्ष माधव बास्तोलाले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाललाई जेल जानका लागि तयार रहन चेतावनी दिनुभयो ।

ललिता निवास प्रकरण र क्यान्टोनमेन्ट प्रकरणमा अख्तियार लगाएर दुई नेतालाई जेल हालिने उहाँको भनार्ई छ । प्रधानमन्त्री ओलीले भष्ट्राचारीलाई कारवाहीको तयारी गरेपछि ओली सरकारका विरुद्ध अविश्वासको प्रश्ताव दर्ता गर्ने तयारी भएको भन्दै सूर्य चिन्ह र जनताको बहुदलीय जनवादको कार्यक्रम सहित केपी ओलीको नेतृत्वमा अवको निर्वाचन जाने बास्तोलाले बताउनुभयो ।

अनेरास्वीयू कास्कीका अध्यक्ष विवेक देवकोटाले केपी ओलीकै नेतृत्वमा नेकपालाई परिमार्जन गरी अघि बढ्ने बताउनुभयो ।

Comments
Loading...