प्रधानमन्त्री ओलीको कदमको विरोधमा कास्की काँगेसको प्रर्दशन,संसद पुर्नस्थापना नगरी विश्राम नलिने उद्घोष

हिमाली आवाज । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश,स्वेच्छारी र निकृष्ट ढंगबाट प्रतिनिधिसभाको विगठन गरेको भन्दै कास्की काँग्रेसले आज पोखरामा विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री ओलीका विरुद्ध चर्कानारावाजी सहित पार्टी कार्यालयबाट शुरु भएको विरोध जुलुस विपिचोक हुँदै महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत भएको थियो । ओलीले संसद विगठन गरेर तीन करोड नेपाली माथि अपराध गरेको कास्की काँग्रेसको ठहर छ ।

कोणसभालाई सम्वोधन गर्दै पूर्वसभामुख एवं पूर्व महामन्त्री तारानाथ रानाभाटले ओलीले असंवैधानिक कदम फिर्ता भएर संसद पुर्नःस्थापना नहुँदासम्म काँग्रेसले निरन्तर संघष गर्ने त्रताउनुभयो । अघिल्लो पटकको निर्वाचनमा ४७ करोड अमेरिकी डलर खर्च भएको भन्दै उहाँले अवधि नपुगिकन पुनःहुने निर्वाचनको व्यभारले देशको व्यभारमात्र बढाउने उल्लेख गर्नुभयो ।

काँग्रस नेता शुक्रराज शर्माले ओलीका गैरकानूनी क्रियाकलापको सँधैका लागि अन्त्य आवश्यक रहेको बताउँदै दूई तिहाई बहुमतको कम्युनिष्ट सरकारले जनमतको अपमान गरेको बताउनुभयो । कास्की काँग्रेस सभापति कृष्ण केसीले नेपाली जनता,शही र वेपत्ताप्रति ओलीले अपराध गरेको आरोप लगानुभयो ।

नेविसंघका सभापति विकास थापाले युवा विद्यार्थीलाई असंवैधानिक कदमको विरुद्ध सडक संघर्षमा उत्रिन आह्वान गर्नुभयो ।

Comments
Loading...