नेकपा बैठकले ओलीलाई कारबाही गर्ने, माधव नेपाल अध्यक्ष बन्ने

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज मंगलबारका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने भएको छ।

उनीहरुले ओलीलाई असंवैधानिक कदम चालेर देशलाई अस्थिरतामा धकेलेको अभियोग लगाउँदै उनीमाथि पार्टीको सदस्य नरहने गरी कारवाही गर्न लागेका हुन्।

ओलीले आफ्नै पार्टीको स्पष्ट बहुमत रहेको प्रतिनिधि सभाको विघटन गरेर देशमा राजनीतिक संकट निम्त्याएको आरोप लगाएका छन्।
सोही बैठकबाट माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने तयारी पनि रहेको एक स्थायी कमिटी सदस्यले बताउनुभयो ।

Comments
Loading...