प्रचण्ड नेपाल पक्षको केन्द्रीय समिति बैठकमा दुई तिहाईभन्दा बढी सदस्य सहभागी

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले डाकेको केन्द्रीय कमिटी बैठकमा ३१० जना केन्द्रीय सदस्य सहभागी भएका छन् । बैठकमा ७० प्रतिशत सदस्य सहभागी भएको सो पक्षको दावी रहेको छ ।

मंगलबार दिउँसो बबरमहलस्थित एक पार्टी प्यालेसमा भएको बैठकमा ३ सय १० जना सहभागी रहेको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिनुभयो ।

यसअघि आजै अर्का अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक गरी ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य थपेर सपथ खुवाउनुभएको थियो ।

Comments
Loading...