नेकपाको बहुमत केन्द्रीय सदस्य बैठकले केपी ओलीलाई अध्यक्षबाट हटायो, माधव नेपाल नयाँ अध्यक्ष चयन

काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको वहुमत केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपा अध्यक्षबाट हटाइएको छ ।

मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको नेकपाका वहुमत केन्द्रीय सदस्यको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्दै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ओलाीलाईृ कारवाही गरेपछि रिक्त अध्यक्ष पदमा बैठकले वरिष्ठ नेता मााधवकुमार नेपाललाई सर्वसम्मत चयन गरेको छ । नेकपाको वहुमत सदस्यको केन्द्रीय कमिटीको बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा बसेको थियो ।

नेकपाको वर्तमान केन्द्रीय कमिटीमा ४४७ जना सदस्य मध्ये ३१५ जना सदस्य बैठकमा उपस्थित रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...