घाचोक प्रहरी चौकीमा कार्यरत प्रहरीलाई चनाखो भई काम गर्न निर्देशन

हिमाली आवाज । जिल्ल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक कृष्ण बस्यालले आज घाचोक प्रहरी चौकीको निरीक्षण गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकीको निरीक्षणका क्रममा उहाँले भलाबोटस्थित घाचोक प्रहरी चौकी कार्यालय, व्यारेक, मेस लगाएतको निरीक्षण गर्नुका साथै चौकीमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई चनाखो बन्न निर्देशन दिनुभएको हो ।

वर्तमान परिप्रेक्षमा हुनसक्ने सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै चनाखो भई डिउटी गर्न र नागरिकसँग समन्वय सामिप्यता कायम गरी बिकृति, बिसंगती र हुनसक्ने अपराधको बारेमा सूचना संकलन गरी समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न निरीक्षक बस्यालले निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments
Loading...