पोखरामा नगर बसको ठक्करबाट एक घाइते

हिमाली आवाज । पोखरामा आज माइक्रोबसको ठक्करबाट एक जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–८ बगालेटोलमा ग १ ख६७९२ नं.को नगर बसले पैदल यात्री उदयपुर गाईघाट नगरपालिका–४ घर भई पोखरा महानगरपालिका–५ प्रस्याङ बस्ने २४ वर्षीय अमृत सुन्दासलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते सुन्दासलाई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पठाइएको र अवस्था मध्यम रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोेखराले जनाएको छ ।

घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई चालक र बस लाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।

Comments
Loading...