नेकपा विभाजनको असर : चार मुख्यमन्त्रीको पद धरापमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै चारवटा प्रदेशका मुख्यमन्त्रीको पद धरापमा परेको छ । अहिले सात प्रदेशमध्ये ६ वटा प्रदेशमा नेकपाको नेतृत्वमा सरकार छ । प्रदेश २ बाहेकका अन्य प्रदेशमा नेकपा नेतृत्वको सरकार भएपनि नेकपा विभाजनको असर प्रदेशमा पर्ने पक्कापक्की जस्तै भएको छ ।

पार्टी निर्णय र अनुशासनको उल्लंघन गरेको भन्दै केपी शर्मा ओेलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको नेकपा प्रचण्ड नेपालपक्षले पार्टी निर्णय उल्लंघन गर्ने जोकोहीलाई कडा कारवाही गर्ने जनाएको छ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, वागमतिका डोरमणि पौडेल, गण्डकीका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुग र लुम्बिनीका शंकर पोखरेलको मुख्यमन्त्री पद धरापमा परेको हो ।

उनीहरुले पार्टी निर्णय उल्लंघन गरेको भन्दै कारवाही गर्ने तयारी भएको नेकपा प्रचण्ड नेपाल पक्षले जनाएको छ । बिहीबार प्रचण्ड नेपाल पक्ष र केपी ओली दुवै पक्षको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दैछ ।रातोपाटीबाट

Comments
Loading...