केपी ओलीको सनकले देश भड्खालोमा प¥यो : चित्रबहादुर केसी

बुटवल  ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीको सनकले देश भड्खालोमा परेको बताउनुभएको छ ।

अध्यक्ष केसीले ओलीले आफ्नो दलभित्रको विवाद मिलाउन नसक्दाको सनक संसद्मा पोखेको समेत आरोप लगाउनुभयो ।

रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले पार्टीभित्रको विवाद मिलाउन नसक्दा प्रतिनिधिसभा नै विघटन गरेर देश भड्खालोमा पार्ने र संविधानमाथि धावा बोल्ने काम गरेको उल्लेख गर्नुभयो ।

कसैको उन्माद, सनक, पद र प्रतिष्ठाका लागि गरिएको संसद् विघटनविरुद्ध संसद् पुनःस्थापनाका लागि आन्दोलन चर्काउनुपर्ने उहाँको भनाई छ ।

‘गणतन्त्र, देशको स्वाधिनता, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध आवाज उठिरहेका बेला ओलीले मध्यावधि निर्वाचन घोषणा गर्नु बदमासी, जबरजस्ती, अलोकतान्त्रिक हो,’ उहाँले भन्नुभयो, ‘असंवैधानिक कदमविरुद्ध सबै दल मिलेर आन्दोलनमा जानुको विकल्प छैन ।’

 

Comments
Loading...