भीरबाट लडेर बृद्धको मृत्यु

हिमाली आवाज । तनहुँमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

भिमाद नगरपालिका–७ चारघरे बस्ने ६७ वर्षीय ओम बहादुर थापाको भीरबाट लडेर मृत्यु भएको हो ।घरबाट हिडेकोमा घर फर्कि नआएकोले खोजतलाश गर्दै जाने क्रममा पुस ९ गते सोही स्थानको चापगौरी खोलाको भिरबाट लडी मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार घनास्थलमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।

Comments
Loading...