संसद् विघटनविरुद्धका रिटको सुनुवाई हुदै,संबैधानिक इजलासमा तोकिए चार न्यायाधिश,

काठमाडौँ । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटहरुको आज संबैधानिक इजलासमा सुनुवाई हुदै छ ।
यस अघि बुधबार प्रधानन्यायाधिसको एकल इजलासले संसद विघटनविरुद्धका सबै रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै मुद्धालाई संबैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो ।

आजको संबैधानिक इजलासमा प्रधानन्याधिशसहित अन्य चार न्यायाधिस चुनिनुभएको छ । संबैधानिक इजलासमा न्यायाधिस हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी हुनुहुन्छ । संसद विघटनविरुद्धका सबै रिटको आज संबैधानिक इजलासमा सुनुवाई हुदै छ ।

यस अघि बुधबार निवेदकहरुले संसद विघटनविरुद्धको रिटमा अन्तिरम आदेस को माग गरेपनि प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश दिन अस्वीकार गर्नुभएको थियो ।

संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार सांसदहरु प्रमुख सचेतक देव गुरुङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गराउनुभएको छ ।

Comments
Loading...