वाग्मती प्रदेशका मुख्‍यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्‍त्रीको राजीनामा

काठमाडौँ । वाग्मती प्रदेशका मुख्‍यमन्त्रीविरुद्ध डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको हो । यसैगरी तीन मन्त्रीले राजीनामा दिएका छन् ।

राजीनामा दिने तीन मन्त्रीमा अरुण नेपाल, शरद दुलाल र शालिकराम जमकट्टेल हुनुहुन्छ । आज बिहान ११ बजेर २५ मिनेटमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको हो । अविश्वासको प्रश्तावमा नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यको नाम प्रश्ताव गरिएको छ ।

Comments
Loading...