प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् हेरफेर(कसलाई कुन मन्त्रालय हेर्नुहोस्)

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ । मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्दा राज्यमन्त्रीसहित नयाँ नौ जना अनुहारले जिम्मेवारी पाएका छन ।

प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास र प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । त्यसैगरी गणेश ठगुन्ना सामान्य प्रशासन, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री बन्नुभएको छ ।

जुलीकुमारी महतोले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी पाउँदा विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बन्नुभएको छ । त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले कानुन मन्त्रालय, यसअघि स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा पुग्नुभएको छ ।

कृष्णगोपाल श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा पद्मा अर्यालले कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । शिवमाया तुम्वाहांफे कानुनबाट भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

Comments
Loading...