खेलकूदमन्त्री जगत विश्वकर्माको मन्त्री पद खोसियो

हिमाली आवाज । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा(सुनार)को मन्त्री पद खोसिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रीपरिषद् विस्तार गर्दा मन्त्री विश्वकर्मालाई खेलकूदमन्त्रीबाट हटाएर सिन्धुपाल्चोकका दावा तामाङलाई खेलकूदमन्त्री बनाउनुभएको हो ।

कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित विश्वकर्मा दुई वर्ष अघि खेलकूदमन्त्री बन्नुभएको थियो । मन्त्री विश्वकर्मालाई पार्टी कामको जिम्मा दिने तयारी ओलीको रहेको बताइन्छ ।

नेपालमा गत वर्ष सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद(साग) सम्पन्न गर्न मन्त्री विश्वकर्माले योगदान गर्नु भएको थियो । नेपालले सागमा ऐतिहासिक पदक जितेको थियो । खेलकूदमन्त्री सहित उद्योग राज्यमन्त्री मोती दुगडको पनि मन्त्री पद खोसिएको छ ।

Comments
Loading...