किवीको ‘प्रिन्सेस’ अब पोखरामा

हिमाली आवाज । राजधानी काठमाडौं र प्रदेश नं. १ मा बिक्री सुरुवात भएको केही महिनामै किवीबाट बनेको प्रिन्सेस’ वाइनको बजार विस्तार हुने भएको छ । माउण्ट एभरेष्ट वाइनरी उद्योगद्वारा उत्पादित वाइनको पोखरामा बिक्री सुरुवात हुन लागेको हो ।

पोखरामा सोमबारबाट प्रिन्सेस वाइनको बिक्री सुरुवात हुने उद्योगका प्रवन्ध निर्देशक विष्णुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । बागमती प्रदेश र प्रदेश नम्बर १ पछि गण्डकी प्रदेशमा प्रिन्सेस वाइनको बजार विस्तार गर्न पाउँदा खुसी लागेको बताउँदै उहाँले भन्नुभयो, ‘पर्यटकीय नगरी पोखरामा वाइनको बजार विस्तार गर्न पाउँदा खुसी छौं,पर्यटकीय नगरी पोखरा क्षेत्रमा प्रिन्सेस वाइन धेरैको रोजाईमा पर्नेमा हामी विश्वस्त छौं ।’
प्रिन्सेस वाइनको लागि पोखराको आधिकारिक बिक्रेतामा होराइजन ट्रेडलिंक प्रालि पोखरा नियुक्त भएको छ । किबीबाट बनेको प्रिन्सेस वाइनलाई पोखरा क्षेत्रमा बिक्रीको जिम्मेवारी पाउँदा आफू उत्साही बनेको होराइजन ट्रेडलिंक प्रालि अध्यक्ष रामेश्वर ढुंगानाले बताउनुुहुन्छ ।
नेपाली बजारमा पाइने अन्य वाइनभन्दा प्रिन्सेस वाइन फरक स्वादमा बजारमा आएको बास्तोला बताउँछन् ।

‘प्रिन्सेस वाइनले छोटो समयमा वाइन पारखी उपभोक्ताको मन जित्न सफल भइसकेको छ,’ उहाँले भन्नुभयो । उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको छ ।
नेपाली बजारमा पहिलो पटक किवीबाट वाइन उत्पादन सुरु भएको बास्तोलाले बताए । किवी लगायतका फलफूलका लागि उद्योगले किसानहरुसँग सहकार्य गरेकोछ । ‘उद्योग आफैले पनि किवी खेतीमा लगानी गरेको छ,’ उहाँले भन्नुभयो ।

वाइनरी क्षेत्रमा संगालेको लामो अनुभव र देशविदेशका तालिमबाट प्राप्त गरेको विज्ञताका कारणले आफूहरुले उद्योगबाट उत्कृष्ट क्वालिटीको वाइन उत्पादन गर्न सफल भएको दावी गरिएको छ । वाइनको उद्योग धनकुटामा छ । उद्योगले अत्याधुनिक फ्याक्ट्रीबाट वाइन उत्पादन गर्दै आइरहेको छ ।

Comments
Loading...