पोखरामा स्कुटर दुर्घटनामा दुई घाइते

हिमाली आवाज । पोखरामा आज स्कुटर दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–२६ अर्घौचोकमा ग १० प ७२३ नं.को स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक पोखरा महानगरपालिका–१२ बस्ने ४७ वर्षीया बुद्धिमाया वि.क. र पछाडि सवार पोखरा–१० बस्ने ४७ वर्षीया सोनु मानन्धर घाइते हुनुभएको हो ।

दुर्र्घटनामा घाइते दुबै जनालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Comments
Loading...