हिमाली आवाज । गणेश सिः गुठी पृथ्वीचोक पोखराले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिलाई नगद सहयोग प्रदान गरेको छ ।
समितिको भवन मर्मत सम्भारका लागि नगद रु.५१ हजार १ सहयोग प्रदान गरिएको गुठिका नायो एंव अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जानकारी दिनुभयो ।
सोही भवनमा आयोजित एक कार्यक्रमकाबीच सहयोग हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले सामुदायिक ससक्तिकरणमा उल्लेखनीय भूमिका खेलिरहेको विकास समितिको भवन अर्थ अभावका कारण जिर्ण बन्दै गएकाले त्यसको जिर्णोद्धार तथा मर्मत सम्भारका लागि थोरै भएपनि आर्थिक सहायता प्रदान गरिएको बताउनुभयो ।

यस प्रकारको साहायताले सामाजिक रुपमा क्रियाशिल सामाजिक संस्थाहरुको मनोवल उच्च हुने र आफुहरुको सामाजिक उत्तरदायित्व समेत बहन हुने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका–८ का वडासदस्य कृष्णमान ठुसाजुले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिले सो क्षेत्रमा गर्दै आएका कार्यहरु उल्लेखनिय र प्रशंसनिय रहेको बताउनुभयो ।
जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका अध्यक्ष विश्व विजुक्क्षले भवन मर्मतका खातिर गणेश सिः गुठी पृथ्वीचोक पोखराले गरेको सहयोग प्रति आभार व्यक्त गर्नुभयो । गुठिका नायो श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुठियार शिव द्धाले स्वागत तथा संचालन सचिव गजेन्द्रमान श्रेष्ठले गर्नुभएको थियो ।