मुख्यमन्त्रीद्धारा आर्थिक मामिलामन्त्री पदमुक्त

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई हटाउनुभएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले आङ्बोलाई शनिबार पदमुक्त गरिएको जानकारी दिनुभयो । पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् ।

मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको स्रोतले जनाएको छ । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिनुहुन्छ । ९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् ।

Comments
Loading...