नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीमा कोइराला विजयी

हिमाली आवाज । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जिबहादुर कोइराला निर्वाचित हुनुभएको छ ।

शनिबार राति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासङ्घको प्रदेश अध्यक्षमा विजयी हुनुभएको हो ।
८० मतभार रहेकामा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका कोइरालाले ५४ र शर्माले २६ प्रतिशत मतभार प्राप्त गर्नुभयो ।
अध्यक्ष बाहेक अन्य पदमा भने सर्वसम्मत भएको छ । जिल्ला नगरतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल सर्वसम्मत निर्वाचित हुनुभयो ।
एसोसिएटतर्फ उपाध्यक्षमा मोतीप्रसाद पौडेल र कोषाध्यक्षमा श्रवणकुमार जोशी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा धर्म बस्याल, मंगलप्रसाद श्रेष्ठ, लिलाबहादुर अधिकारी, युवराज राजभण्डारी र उत्तमकुमार कर्माचार्य र एसोसिएट सदस्यमा सूर्य भुजेल चयनहुनुभयो ।

निर्वाचित अध्यक्ष कोइरालाले उद्योगी व्यवसायीको हक हित र अधिकारका लागि आफू क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Comments
Loading...