संखुवासभामा विप्लव कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान

काठमाडौं । संखुवासभामा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली चलेको छ । चैनपुरमा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले बताउनुभयो ।

चैनपुर–४ मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएपछि  प्रहरीले करिब २० राउण्ड फायर गरेको मल्लले जानकारी दिनुभयो । ०७७ मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमा विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए ।

Comments
Loading...