पोखरामा जन्मियो नयाँ लायन्स क्लब, अध्यक्षमा पौडेल

हिमाली आवाज । पोखरामा नयाँ लायन्स क्लब स्थापना भएको छ ।पोखरामा रहेर चिकित्सा, इन्जिीनियरिङ,सूचना प्रविधि,प्राध्यापन लगायत विभिन्न क्षेत्रमा आवद्ध युवाहरुको शनिबार सम्पन्न भेलाले लायन्स क्लब अफ पोखरा ब्लु स्काइ स्थापना गरेको हो ।

क्लबको अध्यक्षमा अध्यक्षमा युवराज पौडेल चयन हुनुभएको छ । उहाँ सूचना प्रविधिका क्षेत्रमा आवद्ध हुनुहुन्छ । यसैगरी क्लबको प्रथम उपाध्यक्षमा कमल सुवेदी,द्वितीय उपाध्यक्ष हरिप्रसाद बराल,तृतीय उपाध्यक्ष, दीपक अधिकारी र सचिव सेवक क्षितीज रहनुभएको छ ।

एडिमिनेष्टर कृष्ण सुवेदी,कोषाध्यक्ष दीपक राज गिरी,सहसचिव प्रवेश गौतम र सहकोषाध्यक्षमा लोक कुमारी क्षेत्री हुनुहुन्छ । क्लबको मेम्वरसिप चेयर पर्सनमा लक्ष्मी प्रसाद वास्तोला,सर्भिस चेयर पर्सनमा सरिता गुरुङ,जनसम्पर्क (पिआरो) शंकर सुवेदी,रिपोटिङ अफिसर वामदेव भण्डारी,आइसिटी कोअर्डिनेटर हेमराज पौडेल,मेडिया कोर्डिनेटर कृष्ण दवाडी,टेमर कृष्ण भुर्तेल र टेलटुइस्टरमा सरिता सिग्देल रहनुभएको छ ।

क्लबको डाइरेक्टरहरुमा राजनराज सुवेदी, राजु पौडेल, चिरञ्जिवी भुर्तेल, किरण केसी,विन्दु शर्मा,रन्जु गुरुङ, प्रदिप सुवेदी र भरतमणी पराजुली हुनुहुन्छ ।

क्लबलाई लायन्स क्लब अफ पोखरा मिड टाउनले स्पोन्सर गरेको हो । क्लबको एक्टेन्सन चियरपर्सनमा सुरेन्द्र पौडेल, विकास भुर्तेल, गाइडिङ लायनमा विश्वास भण्डारी र रविराज भुर्तेल रहनुभएको छ ।

डिष्ट्रिक्टका कोचिफ एडभाइजर चण्डीप्रसाद अर्यालले क्लबका पदाधिकारी तथा सदस्यहरुलाई अभीमूखीकरण गर्नुभएको थियो ।

Comments
Loading...