पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन : नारायण कोइरालाको प्यानल सार्वजनिक

हिमाली आवाज । पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औँ महाधिवेशनका लागि अध्यक्ष पदका प्रत्याशी नारायण कोइराला नेतृत्वको प्यानल सार्वजनिक भएको छ ।

संघको हालका वरिष्ठ उपाध्यक्ष कोइरालाले आगामी पुस २४ र २५ गते हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

पोखरामा आज पत्रकार सम्मेलन गरी कोइरालाको प्यानल सार्वजनिक गरियो । कोइराला नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पवन प्रजापती, वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनु गुरुङ, महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशव खत्रीले हुनुहुन्छ ।

यसैगरी कार्यसमिति सदस्यमा कुमारी मुना बास्तोला, दीनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लब त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला छन् ।

एसोसिएट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) रहनुभएको छ । कोइराला प्यानलमा रहेका अधिकाँस वर्तमान कार्यसमितिमा विभिन्न पदमा रहनुभएको छ । अध्यक्षका प्रत्याशी कोइरालाले व्यावसायिक प्यानल तयार भएकाले जीत सुनिश्चित  रहेको बताउनुभयो । सो प्यानलले कोभिड १९ ले निम्त्याएको विषमतालाई चिर्दै व्यवसायीहरुको हित रक्षा गर्नु प्राथमिकता रहेको जनाएको छ ।

Comments
Loading...