विविधतायुक्त धार्मिक सांस्कृतिक पर्वबाट राष्ट्रिय एकता : मुख्यमन्त्री गुरुङ

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तमु (गुरुङ) समुदायको महान् पर्व तमु ल्होसारका अवसरमा अवसरमा स्वदेश तथा विदेशमा रहेका दाजुभाई दिदीबहिनीहरुमा सुख, शान्ति, संमृद्धि, सुस्वास्थ्य, आपसि सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री गुरुङले आज एक शुभकामना सन्देश प्रकाशित गदै तमु समुदायको ल्होसार सहित उधौली र योमरी पूर्णिमाको अवसरमा समेत सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा मुख्यमन्त्री गुरुङले बहुजातिय,बहुभाषिक,बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुकमा विविधतायुक्त धार्मिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक एकता सद्भाव,धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई अझ मजवुत बनाउन अझै महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्रीले शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि हाम्रा चाडपर्वहरुले प्रेरणा प्रदान गर्न सकुन भन्ने कामना समेत गर्नुभएको छ ।

Comments
Loading...