सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र राष्ट्रिय एकता : प्रदेश प्रमुख शेरचन

हिमाली आवाज । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले तमु (गुरुङ) समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार÷ल्होछार, किरात समुदायको उधौली पर्व तथा नेवार समुदायको योमरी पुन्हि एवं ज्यापू दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रमुख शेरचनले आज एक शुभकामना सन्देश प्रकाशित गर्दै सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र सद्भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै ल्होसार÷ल्होछार, उधौली तथा योमरी पुन्हिको अवसरमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता र समृद्धिका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामना समेत गर्नुभएको छ ।

तमु समुदायले ल्होसार÷ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । च्यू ल्हो (मुसा वर्ग)को बिदाइ र ल्वों ल्हो (गाई वर्ग)को आगमनको खुशीयालीमा एक आपसमा शुभकामना साटासाट गरी तमु समुदायले यो पर्व मनाउने गर्दछन् ।

यसैगरी किरात समुदायले अन्नबाली भित्र्याएको खुशीयालीमा उधौली पर्व मनाउँदै आएका छन् भने नेवार समुदायले मनाउने योमरी पुन्हि पनि यसपाली तमु ल्होसार र उधौलीसँगै एकै दिन परेको छ ।

Comments
Loading...