पत्रकार महासंघ कास्कीको साधारणसभा माघ २ गते हुने

हिमाली आवाज । नेपाल पत्रकार महासंघ कास्की शाखाको साधारणसभा आगामी माघ २ गते हुने भएको छ ।

महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले साधारणसभाको मिति तोकेको हो । यसैगरी बैठकले महासंघले सञ्चालन गर्दै आएको कीर्ति स्मृति पत्रकारिता सम्मान र गजेन्द्र स्मृति पत्रकारिता सम्मानका लागि प्रतिभा छनोट समिति गठन गर्ने निर्णय गरेको महासंघका सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

बैठकले सृजनशिल पत्रकारिता पुरस्कार,मीना सृजनशिल पुरस्कार,टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार र जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कारको प्रतिभा छनोट समिति गठन गरेको गरेको छ ।

बैठकमा महासंघका केन्द्रीय सदस्य एवं सल्लाहकार रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, सल्लाहकार रमेश पौडेल,पूर्व अध्यक्षद्धय पुण्य पौडेल ,कृष्णप्रसाद बास्तोला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।

Comments
Loading...