पोखरामा २२ औँ संस्करणको सडक महोत्सव शुरु, व्यवसाय रक्षा कोष कार्यान्वयनमा आउने –मुख्यमन्त्री गुरुङ

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले कोरोनाका कारण प्रभावित उद्योग, पर्यटन लगायतका क्षेत्रमा पारेको असरलाई दृष्टिगत गर्दै गण्डकी प्रदेश सरकारले व्यवसाय रक्षा कोष चाडैनै कार्यान्वयनमा आउने बताउनु भएको छ ।

रेष्टुरेन्ट तथा बार एसोसियसन (रेवान) पोखराद्धारा अंग्रेजी नयाँ बर्षको अवसरमा लेकसाइडमा आयोजित ‘२२ र्औ संस्करणको पोखरा सडक महोत्सव’ आज उद्घाटन गर्दै उहाँले कोरोनाले तहसतहस पारेका सवै किसिमका उद्योग तथा व्यवसाय पुनउत्थानका लागि एक अर्व रुपैयाको कोष स्थापना गरिएको बताउनुभयो ।

सबै किसिमका व्यवसायलाई समेटने गरि कोषको लगानी अनुसारको समानुपातिक वितरण गरिने बताउँदै उहाँले यसले कोरोना प्रभावित व्यवसायलाई पुर्नजिविन प्रदान गर्ने र पुरानै अवस्थिामा फर्काउन सहयोग गर्ने बताउनुभयो ।

पोखराको पर्यटनमा कोरोनाले नराम्रोसंग प्रभाव पारेको बताउँदै मुख्यमन्त्री गुरुङले सडक यहाँले पर्यटन प्रवद्र्धनमा सडक महोत्सवले सकारात्मक सन्देश प्रभाव गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशको राजधानी पोखराको मुख्य पर्यटकीय क्षेत्र फेवाताल किनारास्थित रत्नमन्दिर र हिमागृह खुल्ला गरेर आन्तरिक एवम् बाह्रय पर्यटक प्रवद्र्धनमा केही हदसम्म भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले यसका लागि सबैको साथ र सहयोगको आवश्यकता औल्याउनुभयो ।

कोरोना भाइरसको उपचार र नियन्त्रणमा गण्डकी प्रदेश पहिलो रहेको दावी गर्दै उहाँले कोरोना भाइरसबाट डराएर होईन विश्व स्वास्थ संगठनका मापदण्डको पूर्णरुपमा पालना गरेर आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले विकास निर्माणलाई भन्दा जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उहाँले यसले केही हतसम्म भएपनि मुलुक स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभयो ।

उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले प्रकृति एवम् सहासिक पर्यटकको गन्तव्य पोखरालाई पर्यटनको हवकारुपमा विकास गरि समृद्धि हासिल गर्न प्रदेश सरकारले पूर्वाधार विकास निर्माणमा आवश्यक लगानी गर्दै आएको बताउनुभयो ।

पोखरा महानागरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा र आसपासको पर्यटन प्रवद्र्धनका लागि आवश्यक गुरुयोजना तयार गरि रहेको जानकारी दिंदै त्यसका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।

रेष्टुरेन्ट तथा बार एसोसियसन (रेवान) का केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले सरकारले लागु गरेको मौद्रिक नीतिले ठुला व्यवसायिलाई मात्र नभई मझौला र साना व्यवसायिलाई पनि समेटनु पर्ने आवश्यकता औल्याउनुभयो ।

“समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको आवश्यकता” भन्ने मूल नाराका साथ आयोजित सडक महोत्सव पुस १७ गतेसम्म सञ्चालन गरिने रेवानका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिनुभयो । विगत बर्षहरुमा महोत्सव एक हप्तासम्म सञ्चालन हुँदै आएको थियो ।

हल्लनचोकबाट महोत्सव सफल पारौ भन्ने सन्देश दिनेका खालको पर्यटन व्यवसायी, आमा समुहद्धारा प्रस्तुत विभिन्न सांस्कृतिक कार्यक्रम एवम् झाँकी सहितको ¥याली पर्यटकीय क्षेत्र लेकसाईडको अम्वोटमा आएर सभा परिणत भएको थियो । कार्यक्रममा गुरुङ, थारु समुदायका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

कोरोनाको कारण नौ महिनादेखि थला परेको लेकसाइड क्षेत्रको पर्यटन व्यवसायमा महोत्सवले केही हतसम्म भएपनि राहत महसुस गराएको देखिन्थ्यो ।

Comments
Loading...