पोखरा उद्योग वाणिज्य संघ : विन्दु कोईराला द्धारा प्यानल घोषणा

हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा विन्दु कोइराला सुवेदीले प्यानल सहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उद्योग वाणिज्य संघको आगामी पुस २४ र २५ गते हुने महाधिवेशनमा यसअघि हालका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले प्यानल सहित उम्मेदवारी सार्वजनिक गरिसक्नुभएको छ ।हालका उद्योग तर्फका उपाध्यक्ष विन्दु कोइरालाले आज पत्रकार सम्मेलन आयोजना गरी उम्मेदवारी घोषणा गर्नुभएको हो ।

स्वतन्त्र प्यानल नाम दिइएको विन्दु प्यानलको वाणिज्य तर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराम बराल, कोषाध्यक्षमा तारानाथ ढुंगाना, उपमहासचिवमा धर्मराज बर्तौला रहनुभएको छ ।

सो प्यानलबाट सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम, उत्तम सेवक कार्कीले उमेदवारी दिनुहुने भएको छ । १० खुल्ला सदस्यमा ४ जनाको मात्रै उमेदवारी रहेको छ भने वस्तुगत र एशोसियट सदस्यतर्फ भने यो प्यानलबाट उमेदवारी घोषणा भएको छैन ।

अध्यक्ष पदका प्रत्याशी सुवेदीले मौद्रिक नीतिले ल्याएको व्यवसायी पुनरुत्थान कोष कार्यान्वयन, महिला तथा उद्यमी स्वरोजगार लक्षित कार्यक्रमहरुलाई प्राथथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Comments
Loading...