नेकपामा सुरेन्द्र पाण्डेलाई महासचिवको जिम्मेवारी दिने तयारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेलाई पार्टीमा महासचिवको जिम्मेवारी दिने तयारी गरेको छ ।

पार्टीभित्र शक्ति सन्तुलन कायम गर्न वरिष्ठ नेता झलनाथ खनालका तर्फबाट पाण्डेलाई महासचिव बनाउन लागिएको हो । पुष्पकमल दाहाल र माधव नेपाल अध्यक्ष भएपछि महासचिव खनाल पक्षलाई बनाउने तयारी भएको स्रोतले जनाएको छ ।

यसका लागि शीर्ष तहको बैठक आज बस्दैछ । पार्टीको नयाँ संगठनात्मक संरचना बनाउने विषयमा आजको बैठकमा छलफल हुने बरिष्ठ नेता खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, आन्दोलनको समिक्षा, आगामी रणनीति र केन्द्रदेखि तल्ला कमिटीसम्मै संगठनात्मक संरचना मिलाउने विषयमा शीर्ष तहमा आज छलफल हुने भनिएपनि समय निश्चित भइसकेको छैन ।

Comments
Loading...