नेकपा प्रदेश–१ को संसदीय दलको नेतामा भीम आचार्य, शेरधन राईलाई हटाइयो

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–१ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाइएको छ ।

आज (बिहीबार) बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको छ ।

संसदीय दलको नेतामा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा प्रचण्ड–माधव पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो ।

प्रदेश–१ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित रहेको जनाइएको  छ ।

Comments
Loading...