केपी ओलीलाई अध्यक्ष र प्रधामन्त्रीबाट निकाल्न खोज्नेहरु आफैँ सडकमा पुगे : मन्त्री रायमाझी

हिमाली आवाज । उर्जा तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी ओलीलाई अध्यक्ष र प्रधामन्त्रीबाट निकालेर सडकमा पु¥याउन खोज्नेहरु आफैँ सडकमा पुगेको टिप्पणी गर्नुभएको छ ।

ओली पक्षिय नेकपा कास्कीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उहाँले पार्टीलाई मिलाएर एकतावद्ध बनाउनुपर्नेमा जिम्मेवारी एकातिर र काम कुरो अर्कोतिर हुँदा पार्टीमा समस्या उत्पन्न भएको भन्दै अर्को पक्ष अव पछाडी पर्नु र सिद्धिनुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
समृद्धिका लागि प्रधानमन्त्रीलाई सहयोग गर्नु र पार्टीलाई परिचालन गर्नुपर्ने सँधै किच किच गरेर असहयोग गरिएको बताउँदै संसद विघटन प्रधानमन्त्रीको रहर नभई बाध्यता भएको उहाँको दावी छ ।

जनताको लामो समयदेखिको संघर्षको उपलव्धीलाई रक्षा गर्नका लागि प्रधानमंन्त्रीले संसद विघटन गरेको समेत उहाँले दावी गर्नुभयो ।
ओली पक्षिय नेकपाका स्थायी कमिटीका सदस्य समेत रहनुभएका नेता रायमाझीले प्रचण्ड माधव पक्षले प्रधानमन्त्री बन्न अर्काे निर्वाचन कुर्न नसक्ने र पार्टी अध्यक्ष बन्न महाधिवेशन कुर्न नसकेको आरोप लगाउँदै मन्त्री रायमाझीले पार्टी संगठनको एकता विथल्न खोजेको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुलुकको समृद्धि र विकासको गति बढेको देख्न नचाहनेले सरकार र पार्टीलाई बिभिन्न तवरबाट दुःख दिएको उल्लेख गर्नुभयो ।

जनप्रतिनिधिलाई पार्टीमा संगठित भएको लाग्न निर्देशन दिंदै उहाँले उपलव्धीको रक्षा र समृद्धिको यात्रालाई निरन्तरता दिन नयाँ जनादेशमा जानु परेको बताउनुभयो ।

केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले ओली नेतृत्वको सरकारले गरेका विकास निर्माण लगायतका कामबाट अत्तालिएर पार्टी तथा सरकार भित्र किचलो पारिएको बताउनुभयो ।

नेता खगराज अधिकारीले राष्ट्रियताको पहरेदार एवम् समृद्धिको अभियन्ता प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष केपी ओलीले जनादेशका निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभयो ।

विघटीत प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीले नेपाली कम्युनिष्ट पार्टीलाई जनताले विश्वास र भरोसा गरेको बताउँदै सरकारलाई पार्टी भित्रैबाट असहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा कास्कीका अध्यक्ष कृष्ण थापा, मनबहादुर गुरुङ, दोमोदर बैरागी लगायतले निर्वाचनका लागि आ–आप्mनो क्षेत्रमा संगठित भएर लाग्न अनुरोध गर्नुभयो । कार्यक्रममा रुपा गाउँपालिकाबाट बिभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्नेहरुलाई टीका र खादा लगायर स्वागत गरिएको थियो ।

Comments
Loading...