पोखरामा दुई मोटरसाइकल ठोक्किदा एक घाइते

हिमाली आवाज । पोखरामा आज विहान दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जना घाइते भएका छन् ।

विहान अन्दाजी १०ः५५ बजेको समयम पोखरा महानगरपालिका–१९ अकला मन्दिर नजिक भुर्जुङखोलाबाट लामाचौरतर्फ आउँदै गरेको ग ३ प ६६८९ नं.को मोटरसाईकल र ऐ. दिशाबाट आउँदै गरेको ग १० प ५६८० नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा ग १० प ५६८० न.को मोटरसाईकलमा पछाडी सवार पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने ४० वर्षीया लक्ष्मी भुजेल घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भुजेललाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पठाईएको र अवस्था मध्यम रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Comments
Loading...