शेयर सदस्यलाई सफल सहकारीले कोशेली दियो स्वास्थ्य सामग्री

हिमाली आवाज । सफल बचत तथा ऋण सहकारी संस्थाले साधारण सभामा शेयर सदस्यलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ कार्यालय स्थापना गरि सञ्चालनमा आएको सहकारीको आजदेखि शुरु भएको १३ औं साधारणमा शेयर सदस्यलाई कोशेली स्वरुप माक्स र सेनिटाईजन वितरण गरेको हो ।

विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोगथामका लागि सरकारले भेला, महोत्सव गर्न गरेको बन्देजका कारण स्वास्थ्य मापदण्ड अपनाएर चारदिनसम्म साधारण सभा सञ्चालन गरिने संस्थाका कोषाध्यक्ष पवित्रा जि.सी.ले जानकारी दिनुभयो ।

शेयर सदस्यलाई महामारिबाट जोगिन सरसफाईमा बढी ध्यान दिनुपर्दछ भन्ने सन्देश दिने उदेश्यले सरसफाईका सामग्री प्रदान गरिएको बताउँदै उहाँले भन्नुभयो यस अवधिमा नेपाल रेडक्रस सोसाईटीले शुरु गरेको रेडक्रस भवन निर्माणका लागि आर्थिक सहयोग तथा सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामग्री वितरण गरिने बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं. ७ र १७ स्थित पूर्व भेगका बुद्धिजीवी, समाजसेवीको सकृयतामा २०६४ सालमा दर्ता गरि सञ्चालनमा आएको सो सहकारीमा हाल तीन सय ८६ जना शेयर सदस्य रहेका छन् ।जसमा ६० प्रतिशत भन्दा बढी महिलाको सहभागिता रहेको छ ।

संस्थाले गत बर्ष १२ औं साधारण सभाका अवसरमा महानगर स्वास्थ्य महाशाखाको सहयोगमा शेयर सदस्यलाई डेंङगु रोगको बारेमा सचेतना कार्यक्रमको आयोजना गरेको थियो ।

Comments
Loading...