पोखरामा सवारी दुर्घटना दुई घाइते

हिमाली आवाज । पोखरामा आज भएको छुट्टाछुट्टै दुई दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

पोखरा महानगरपालिकावडा–३२ तल्लो गगनगौंडा स्थित स्कुल टोलमा ग ९ प ८३४ नं. को मोटरसाईल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँ बस्ने २४ वर्षीय कृतिमान गुरुङ घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको र अवस्था मध्यम रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी आज साँझ ०५ः१५ बजेको समयमा पोखरा महानगरपालिका–८ स्थित पृथ्वी यातायात प्रा.लि.को कार्यालय नजिकै जिरोबाट पृथ्वीचोक तर्फ जाँदै गरेको ग १६ प ४५३ नं. को मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको नं. नखुलेको सेतो रङको कारले ठक्कर दिंदा मोटरसाईकल चालक घाइते भएका छन् ।

घटनामा गोरखा गण्डकी गाउँपालिका–४ घर भई हाल प्रस्याङ बस्ने २९ वर्षीय सन्तोष बराम घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पताल पठाइएकामा अवस्था मध्यम रहेको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

Comments
Loading...