श्रीमती सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको मुम्बईतर्फ प्रश्थान गर्नूभएको छ । श्रीमती सीता दाहाललाई थप उपचारका लागि प्रचण्ड मुम्बई जानु भएको हो ।

तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि मुम्बई लगिएको हो ।

सीताको मुम्बईस्थित न्युरोजन ब्रेन एण्ढ स्पाइन इन्ष्टिच्युटमा उपचार हुनेछ । डा. आलोक शर्माले उहाँको उपचार गर्नहुने बताइन्छ ।
सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो ।

नेपाल एयरलाइन्सको जहाजमार्फत मुम्बई लागेका प्रचण्ड र सीताको साथमा छोरीहरु रेणु दाहाल, गंगा दाहाल र एकजना नर्स हुनुहुन्छ ।

Comments
Loading...