आजको मौसम पूर्वानुमानः हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देभर पश्चिमी वायुको प्रभाव रहेको छ ।महाशाखाले आज बिहान भने देशभर सामान्य बदली भइरहेको जनाएको छ ।
यसैगरी आज दिउँसो देशभर सामान्य बदली हुने पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको हुनसक्ने पूर्वानुमान छ ।

यता, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

Comments
Loading...