पोखराको भलाममा एक पुरुष मृतावस्थामा फेला

हिमाली आवाज । पोखरामा आज एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका–२० भलाम स्थित अम्मर बहादुर क्षेत्रीको टिनको छाप्रोमा अन्दाजी वर्ष ५०।५१ को हालसम्म नाम, थर र वतन नखुलेको ज्यामी काम गर्ने पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाको छ ।

घटनाका बारेमा जानकारी प्राप्त भए लगत्तै तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Comments
Loading...