हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षले गण्डकी प्रदेशको पार्टी इन्चार्जबाट मुख्यमन्त्री समेत रहनुभएका पृथ्वीसुब्बा गुरुङलाई हटाएको छ ।

पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा आज बसेको सो पार्टीको स्थायी कमिटी बैठकले गुरुङलाई प्रदेश कमिटीको इन्चार्जबाट हटाएर बाग्लुङका देवेन्द्र पौडेललाई नयाँ इन्चार्जको जिम्मेवारी दिएको हो ।
पौडेल विघटिथ प्रतिनिधिसभाका सांसद समेत हुनुहुन्छ । यसैगरी बैठकले लुम्विनी प्रदेशका इन्चार्जबाट शंकर पोखरेललाई हटाएर युवराज ज्ञवालीलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।