मादीको भगवती बजारको ऐतिहासिक संक्रान्ति मेला यस वर्ष नहुने

हिमाली आवाज ।कास्कीको मादी गाँउपालिका ११ भगवती बजारमा लाग्ने ऐतिहासिक माघे संक्रान्ति मेला यस वर्ष नहुने भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो ।बराल डाँडा पुवा क्लवका अध्यक्ष रतन गरुङले यस वर्ष मेला नलाग्ने जानकारी दिनुभयो । भीडभाड हुँदा कोरोना फैलन सक्ने भएकाले मेला स्थगित गरिएको उहाँले बताउनुभयो ।

हरेक वर्षे माघे संक्रान्तिको अवसरमा लाग्ने मेला यस वर्ष नहुने भए पछि भीडभाड नहुने गरी दर्शन तथा पूजाका लागि भने भगवती मन्दिर खुला गरिने उहाँले जानकारी दिनुभयो। दिनभर मेला लाग्ने र बिहान मन्दिरमा पूजाआजाका साथै बलि चढाइने परम्परा रहेको छ । भगवती मन्दिर कास्कीको मादी गाउँपालिका–११ भगवतीटारमा पर्दछ ।

विगतमा मेलाका अवसरमा भलिवल प्रतियोगिता, भजन चुड्का, सोरठी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता,घाटु नृत्य प्रदर्शन, छेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी र कुर्ची तान्ने खेल सहित राष्ट्रिय तथा स्थानीय दोहोरी कलाकारको प्रस्तुति हुनुकोसाथैगाँउाघरर्माइारहेका प्रतिभाहरुको प्रतिभा समेत प्रस्फुटन गराइदै आइएको थियो ।

Comments
Loading...